नेप्से परिसूचक ५३ अंकले उकालो, कारोबार ७ अर्ब नाघ्यो

User Image Prime TV News एक महिना अगाडि
Image of नेप्से परिसूचक ५३ अंकले उकालो, कारोबार ७ अर्ब नाघ्यो

काठमाडौं, भदौ १० – साताको चौथो दिन बुधबार नेप्से परिसूचक उल्लेखनीय रुपमा उकालो लागेको छ। आज नेप्से परिसूचक ५३.१ अंकले बढेर २८१९.१० बिन्दुमा पुग्दै कारोबार बन्द भएको छ। यसअघि मंगलबार नेप्से २७६६.९ बिन्दुमा रहेर बन्द भएको थियो।

बुधबार सेयर बजारमा कारोबार रकम र सेयर संख्यामा समेत उल्लेखनीय वृद्धि देखिएको छ। मंगलबार ९२ लाख ४३ हजार २३२ कित्ता सेयर किनबेच भई ४ अर्ब १८ करोड ५३ लाख १५ हजार ७३४ रुपैयाँको कारोबार भएको बजारमा बुधबार भने १ करोड ४९ लाख ८६ हजार १४२ कित्ता सेयर किनबेच भई कारोबार रकम ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार ४४१ रुपैयाँ पुगेको छ। आज कुल ३सय २१ कम्पनीका सेयरहरू कारोबारमा आएका थिए।

इन्डेक्सहरूमध्ये सेन्सेटिभ इन्डेक्स ८.५२ अंकले, फ्लोट इन्डेक्स ३.५५ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.०६ अंकले बढेका छन्।

आजको दिन केही कम्पनीका सेयर मूल्यमा उच्च वृद्धि भएको छ। विकास हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४७ रुपैयाँले बढेर ५ सय १७.२० रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, समता घरेलु लघुवित्तको सेयर मूल्य ८२ रुपैयाँले बढेर ९ सय ५७. ८ रुपैयाँमा पुगेको छ।

यस्तै, ग्रिनभेन्चर्स लिमिटेडको सेयर मूल्य ४३.४९ रुपैयाँले वृद्धि भई ५ सय ८१. ४७ रुपैयाँमा पुगेको छ भने क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९०. २३ रुपैयाँले बढेर १२ सय ७७.९३ रुपैयाँमा कारोबार भएको छ।

तर, केही कम्पनीका सेयर मूल्य भने घटेका छन् । नेपाल रिपब्लिक मिडियाको सेयर मूल्य ४.२९ प्रतिशतले घटेर ५३४.८० रुपैयाँमा पुगेको छ। मंगलबार यस कम्पनीको सेयर मूल्य ५५८.७८ रुपैयाँ थियो। यस्तै, सिवाइसी नेपाल लघुवित्तको सेयर मूल्य ३.०५ प्रतिशतले घटेर १७८१.१७ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

आजको दिन सबैभन्दा बढी कारोबार भएका कम्पनीहरूमा नेपाल रिइन्स्योरेन्स कम्पनी, हिमालयन रिइन्स्योरेन्स कम्पनी, ग्रिनभेन्चर्स लिमिटेड र हिमालयन डिस्टिलरी परेका छन्।