मध्यपूर्वमा १० हजार बढी अमेरिकी सैनिक तैनाथ

User Image Prime TV News एक महिना अगाडि
Image of मध्यपूर्वमा १० हजार बढी अमेरिकी  सैनिक तैनाथ

काठमाडौ । अमेरिकाले मध्यपूर्वमा आफ्नो सैन्य उपस्थिती बढाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको तनावका कारण १० हजार बढी सैनिक मध्यपूर्व पठाएका छन्। यसअघि सामान्य अवस्थामा त्यहाँ ४० हजार सैनिक मात्र तैनाथ थिए।

जापान र अमेरिकाको पश्चिमी किनारबाट विशेष मरिन बल पनि मध्यपूर्व पठाइएको छ। त्यस्तै, एयरबोर्न (प्याराट्रुपर) सैनिकहरू छिटो प्रतिक्रिया दिनका लागि परिचालन गरिएको छ। अमेरिकी युद्धपोतहरू पनि युद्ध तयारीका लागि समुद्रमा तैनाथ छन्।

कतार, बहराइन, कुवेत, संयुक्त अरब इमिरेट्स, साउदी अरब, इराक र जोर्डनमा अमेरिकाका १९ वटा स्थायी तथा अस्थायी सैन्य अड्डा छन्। कतारमा सबैभन्दा धेरै सैनिक तैनाथ छन्। अमेरिका खर्ग टापु कब्जा गर्न रणनीति बनाइरहेको छ।

खर्ग टापु इरानको तेल निर्यातको मुख्य स्थान हो र यहाँबाट तेल स्ट्रेट अफ हर्मुज हुँदै बाहिरिन्छ। ट्रम्पले खर्ग टापु नियन्त्रणका लागि “धेरै विकल्प” भएको बताएका छन्। इरानले पनि अमेरिकी सैनिक तयारीप्रति चेतावनी दिएको छ। मध्यपूर्वमा सैनिक बढेपछि ट्रम्पमाथि इरानमा स्थल आक्रमण गर्न दबाब बढेको छ।