रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी

User Image Prime TV News एक महिना अगाडि
Image of रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी

काठमाडौ । पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।

सोमबार न्यायाधीश कुमार रेग्मीको इजलासले लेखकलाई पक्राउ गर्नुको कारण लिखित रूपमा पेश गर्न आदेश दिएको हो। लेखकलाई भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको अनुसन्धानका लागि पक्राउ गरिएको थियो।

उनका तर्फबाट पत्नी यशोदा लेखकले आइतबार रिट दायर गर्दै उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै रिहाइको माग गरेकी थिइन्। जेनजी आन्दोलनमा भएको दमनमा जिम्मेवार ठहर गर्दै जाँचबुझ आयोगले लेखकविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा सरकारले उनलाई पक्राउ गरेको हो।