नवनिर्वाचित सांसदहरूलाई कोइरालाको सुझाबः वरिष्ठ नेता र विज्ञहरूसँग सल्लाह लिएर काम गर्नु

User Image Prime TV News एक महिना अगाडि
Image of नवनिर्वाचित सांसदहरूलाई कोइरालाको सुझाबः वरिष्ठ नेता र विज्ञहरूसँग सल्लाह लिएर काम गर्नु

काठमाडौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नवनिर्वाचित सांसदहरूलाई राम्रो काम गर्न वरिष्ठ नेता र विज्ञहरूसँग सल्लाह लिन आग्रह गरेका छन्।

सोमबार धुम्बाराहीमा आयोजित कार्यक्रममा उनले संसदमा विभिन्न विषय आउने भएकाले त्यसलाई राम्रोसँग बुझ्न आवश्यक रहेको बताए। कोइरालाले यस पटक संसदमा अनुभवी सांसदहरू कम भएकाले पुराना नेताहरूबाट सिक्नुपर्ने बताए।

उनले आवश्यक परे आफूहरूसँग पनि सल्लाह लिन सकिने उल्लेख गरे। कार्यक्रममा सहभागी सांसदहरूलाई उनले सफल कार्यकालको शुभकामना पनि दिएका छन्।