पाकिस्तान फाइनलमा, अब उपाधिका लागि भारतसँग भिडन्त

User Image Prime TV News १ हप्ता अगाडि
Image of पाकिस्तान फाइनलमा, अब उपाधिका लागि भारतसँग भिडन्त

काठमाडाै । एसीसी एसिया कप२०२५ को सुपर४ चरणको अन्तिम खेलमा बंगलादेशलाई ११ रनले पराजित गर्दै पाकिस्तानले फाइनल यात्रा तय गरेको छ। यससँगै प्रतियोगिताको इतिहासमै पहिलो पटक भारत र पाकिस्तान उपाधिका लागि आमनेसामने हुने भएका छन्।

भारतले यसअघि नै सुपर४ का तीनमध्ये दुई खेलमा जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको थियो। भारतले सुपर४ को अन्तिम खेलमा आज श्रीलंकासँग प्रतिस्पर्धा गर्ने तालिका छ, तर उक्त खेलको नतिजाले फाइनल समीकरणमा कुनै असर गर्ने छैन।

पाकिस्तानकोकठिनजित

बिहीबार युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा पाकिस्तानले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३५ रन बनायो।

कुनै समय ७१६ को संकटमा परेको पाकिस्तानलाई तल्लो क्रममा आएका ब्याटरहरूले सम्हाले। मोहम्मद ह्यारिसले २३ बलमा २ चौका र १ छक्कासहित ३१ रन बनाए।

मोहम्मद नवाजले १५ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २५ रन जोडे भने साहिन शाह अफ्रिदी र कप्तान सलमान आघाले समान १९१९ रन बनाउँदा फहिम असरफले १४ र फखर जमानले १३ रनको योगदान दिए ।

बंगलादेशका ताक्सिन अहमेदले ३ विकेट लिए भने मेहदी हसन र रिसाद हुसैनले समान २२ विकेट लिएका थिए। मुस्ताफिजुर रहमानले १ विकेट लिए।

बंगलादेशकोलक्ष्यपछ्याउनेप्रयासअसफल

१३६ रनको लक्ष्य पछ्याउन उत्रिएको बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२४ रन मात्र बनाउन सक्यो। समिम हुसैनले सर्वाधिक ३० रन बनाए।

ओपनर सैफ हसनले १८ रन, नुरुल हसन र रिसाद हुसैनले समान १६१६ रन बनाए । खेलमा पाकिस्तानका बलरहरू प्रभावशाली देखिए। साहिन शाह अफ्रिदी र ह्यारिस रौफले समान ३३ विकेट लिए। सैब अयुबले २ विकेट र मोहम्मद नवाजले १ विकेट लिए।

अबउपाधिकालागिभारतपाकिस्तानभिडन्त

पाकिस्तानले अब आइतबार हुने फाइनलमा भारतसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। टी२० ढाँचामा आयोजित एसिया कपमा पाकिस्तान अहिलेसम्म उपाधि जित्न सकेको छैन।

उसले यसअघि दुई पटक एसिया कप जितेको थियो, जुन दुवैपटक एकदिवसीय (ODI) ढाँचामा आयोजना भएको थियो। उता, प्रतियोगिताकै सबैभन्दा सफल टिम भारतले अहिलेसम्म ८ पटक एसिया कपको उपाधि जितिसकेको छ