एमाले सांसदहरूले प्रधानमन्त्री बालेन भने– केपी ओलीको तत्काल रिहाइ होस्
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेका सांसदहरुले सोमबार प्रधानमन्त्री बालेन्द्र शाहसँग आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई तुरुन्त रिहा गर्न माग गरेका छन्।
प्रधानमन्त्री शाहले कोशी प्रदेशका सांसदहरूसँग छलफलका क्रममा एमालेका सांसदहरुले ओलीको गिरफ्तारी प्रतिशोधपूर्ण भएको भन्दै तुरुन्त रिहाइको माग गरेका हुन्। तर यस बिषयमा छलफलमा प्रधानमन्त्री शाहले कुनै प्रतिक्रिया दिएका छैनन्।
भेटमा सांसदहरुले आ–आफ्ना क्षेत्रका समस्याबारे जानकारी लिएका थिए। त्यस्तै, राईले सांसदहरूले स्वकीय सचिव राख्न नपाउने विषयमा पनि असन्तुष्टि व्यक्त गरेका थिए। उनले सांसदका कामलाई प्रभावकारी बनाउन सचिव आवश्यक रहेको बताएका थिए।







