स्वास्थ्य बीमा बोर्डद्वारा स्वास्थ्य संस्थालाई बिरामीमा भेदभाव नगर्न निर्देशन
Prime TV News एक महिना अगाडि 
काठमाडौ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा दिने स्वास्थ्य संस्थालाई बिरामीसँग भेदभाव नगर्न निर्देशन दिएको छ।
बोर्डका अनुसार, सेवा प्रवाहमा भेदभावपूर्ण व्यवहार स्वास्थ्य बीमा ऐन, २०७४, नियमावली, २०७५ तथा अन्य कानुनको उल्लङ्घन हो। त्यसैले स्वास्थ्य संस्थाहरूले नियमावली र कार्यविधि पूर्ण रूपमा पालना गर्नुपर्ने छ।
यदि अनुगमनका क्रममा कुनै संस्था नियम विपरीत काम गरेको प्रमाणित भए, स्वास्थ्य बीमा ऐनको दफा १२ उपदफा १ खण्ड (ख) अनुसार कडाइका साथ कारबाही गरिने चेतावनी बोर्डले दिएको छ।








