सङ्घीय संसदको बैठक आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

User Image Prime TV News एक महिना अगाडि
Image of सङ्घीय संसदको बैठक आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौ । सरकारले सङ्घीय संसदको बैठक आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

सिंहदरवारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले यहि चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले चैत १९ गते बिहीबार अपरान्ह २ बजे संघीय संसदको दुवै सदनको अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले बताए ।