स्पेनले इरान युद्धमा अमेरिकी विमानलाई हवाई क्षेत्र प्रयोग गर्न दिएन

User Image Prime TV News एक महिना अगाडि
Image of स्पेनले इरान युद्धमा अमेरिकी विमानलाई हवाई क्षेत्र प्रयोग गर्न दिएन

काठमाडौ । स्पेनले इरानसँग जोडिएको युद्धमा अमेरिका र इजरायलको कदमविरुद्ध कडा निर्णय लिएको छ। स्पेनकी रक्षामन्त्री मार्गरीटा रोबलेसले सोमबार अमेरिकी सैन्य विमानलाई स्पेनको हवाई क्षेत्र प्रयोग गर्न नदिने घोषणा गरेकी हुन्।

उनका अनुसार, इरानसँग सम्बन्धित कुनै पनि सैन्य कारबाहीका लागि न त स्पेनको आकाश प्रयोग गर्न पाइनेछ, न त त्यहाँ रहेका सैन्य अड्डाहरू नै प्रयोग गर्न दिइनेछ। यो कुरा अमेरिकालाई पहिले नै स्पष्ट गरिसकिएको पनि उनले बताइन्।

स्पेनका प्रधानमन्त्रीले पनि युद्ध अन्त्य गर्न अमेरिका, इजरायल र इरानलाई आग्रह गरेका छन्। उनले यस युद्धलाई “अवैध, लापरवाह र अन्यायपूर्ण” भन्दै आलोचना गरेका छन्। उनका अनुसार, एउटा गलत कामको जवाफ अर्को गलत कामले दिनु ठीक होइन।

उता, अमेरिकी विदेशमन्त्रीले भने स्पेनको निर्णयप्रति असन्तुष्टि जनाएका छन्। उनले नेटो जस्तो सैन्य गठबन्धन अमेरिकाका लागि महत्वपूर्ण रहेको बताउँदै यस्तो निर्णयले सहकार्यमा असर पर्ने संकेत दिएका छन्।