मुग्लिन–नागढुंगा सडक राति बन्द हुने, तीन दिन सवारी रोकिने

User Image Prime TV News एक महिना अगाडि
Image of मुग्लिन–नागढुंगा सडक राति बन्द हुने, तीन दिन सवारी रोकिने

काठमाडौ । मुग्लिन–नागढुंगा सडकखण्ड आजदेखि तीन दिनसम्म राति बन्द हुने भएको छ। सडक मर्मत तथा स्तरोन्नतिको काम भइरहेकाले यस्तो व्यवस्था गरिएको हो।

चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिर लगायतका क्षेत्रमा काम भइरहेकाले राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन चलाउन रोक लगाइने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।

यसअघि पटक–पटक सवारी रोकिने गर्दा यात्रुहरूले धेरै दुःख पाएका थिए। त्यसलाई ध्यानमा राख्दै अब राति मात्रै पूर्ण रूपमा सडक बन्द गरेर काम गरिने निर्णय गरिएको हो।

प्रशासनले सबै यात्रु र सवारी चालकलाई समय मिलाएर यात्रा गर्न आग्रह गरेको छ। रातिको समयमा उक्त सडक प्रयोग गर्न खोज्दा अनावश्यक समस्या हुने भएकाले सतर्क रहन पनि अनुरोध गरिएको छ।