फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई जेल सजाय


काठमाडौ । फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई पाँच वर्षको जेल सजाय तोकिएको छ ।
पेरिसको अदालतले पूर्वराष्ट्रपति सार्कोजीलाई सन् २००७ को राष्ट्रपति चुनावमा लिबिया सरकारबाट अवैध आर्थिक सहयोग लिएको आरोपमा दोषी ठहर गर्दै जेल सजाय तोकेको हो । अदालतले उनलाई विदेशी स्रोतबाट चुनाव जित्नका लागि गैरकानुनी धन प्राप्त गरेको आरोपमा दोषी ठहर गरेको हो ।
भ्रष्टाचार, लिबियाको सार्वजनिक धनको दुरुपयोग र अवैध चुनावी लगानी जस्ता तीन अन्य आरोपहरूमा भने उनलाई सफाइ दिइएको छ । सार्कोजीमाथि लिबियाका तत्कालिन तानाशाह मुअम्मर गद्दाफीको सरकारबाट करोडौँ युरोको गोप्य रकम हासिल गरेको आरोप लागेको थियो ।