प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत भोलिदेखि अनिवार्य अवकाशमा जाने

User Image Prime TV News एक महिना अगाडि
Image of प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत भोलिदेखि अनिवार्य अवकाशमा जाने

काठमाडौ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत भोलिदेखि अनिवार्य अवकाशमा जाने भएका छन्।

६५ वर्षको उमेर हद पुगेका कारण राउत भोलिदेखि सेवा निवृत्त हुन लागेका हुन्। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार, राउत आज अदालतमा उपस्थित हुनेछन् र भोलिदेखि अवकाशमा जानेछन्।

उनको अवकाशसँगै सर्वोच्चको वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल कायममुकायम प्रधान न्यायाधीशको जिम्मेवारी सम्हाल्नेछिन्। वकालतमा ३३ वर्ष र सर्वोच्च अदालतको न्यायाधीशका रूपमा ८ वर्ष बिताएका राउत प्रधान न्यायाधीश बनेका थिए। उनी न्यायालय सुधारका लागि गठित विभिन्न समितिमा सक्रिय सदस्य पनि रहिसकेका छन्।

राउतले १८ महिनामा केही संरचनागत सुधार गरे पनि न्यायालय सुधारसम्बन्धी प्रतिवेदन पूर्ण रूपमा कार्यान्वयन गर्न सकेनन्। उनका अनुभव र निष्ठाका कारण न्यायालय सुधारमा धेरैको अपेक्षा थियो। अब प्रधान न्यायाधीशको पदबाट अवकाशमा जाने राउतले न्यायालयमा सेवा दिने आफ्नो लामो यात्रा पूरा गरेका छन्।