व्यवसायी दीपक भट्टलाई अध्यागमन विभागको कालोसूचीमा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । व्यवसायी दीपक भट्टलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीमाथि अनुसन्धान सुरु गरेपछि भट्टको राहदानी कालोसूचीमा राखिएको हो। विभागले सोमबार अध्यागमनलाई पत्र पठाएपछि यो निर्णय गरिएको बताइएको छ।
भट्टमाथि ठूला ठेक्का र खरिद प्रक्रियामा अनियमितता गरेको आरोप लाग्दै आएको छ। साथै, राजनीतिक पहुँच प्रयोग गरेर विभिन्न निकायमा प्रभाव पार्ने गरेको पनि आरोप छ। हाल उनीमाथि अनुसन्धान जारी रहेको छ।







