डा. चन्द्र भण्डारीले कांग्रेसमा झगडा र समानान्तर गतिविधि बिरुद्ध चेतावनी दिए
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीभित्र देखिएका समानान्तर गतिविधि र झगडाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले सबै पुराना नेताहरूलाई संयमित र जिम्मेवार राजनीति गर्न आग्रह गर्दै, पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला समूहले गरेको गतिविधि गलत भएको बताए।
डा. भण्डारीले भने, “‘झगडा राजनीति हो? झगडा नेपालीको पहिचान हो त? हारमा झगडा, जितमा झगडा—पाका नेताहरू पाका बन्नु पर्दैन र?’” उनले यस्तो गतिविधि गलत सन्देश दिन्छ र पाका नेताहरूबाट हुनु दुर्भाग्यपूर्ण भएको बताए।
उनले सबै नेता कार्यकर्तालाई पार्टीको नियम र मूल्य मान्यताभित्र रहेर जिम्मेवार ढङ्गले काम गर्न आह्वान पनि गरे।







