एसईई नतिजा एक महिनाभित्र आउने
Prime TV News एक महिना अगाडि 
काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा १ महिनाभित्र सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ।
यो निर्णय प्रधानमन्त्री बालेन शाहसँग परामर्शपछि लिइएको हो। बोर्डले परीक्षा केन्द्रमै उत्तरपुस्तिका जाँच गरी नतिजा तयार गर्नेछ। सरकारका प्रवक्तासमेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले भने, “विद्यार्थीलाई तीन महिना कुर्नु किन? यसले उनीहरू तनावमा राख्छ। नतिजा छिटो निकाल्न सरकारले योजना बनाएको हो।”
उनका अनुसार ७७ वटै जिल्लाका शिक्षा एकाइले सहयोग गरेमा नतिजा समयमै निकाल्न सकिन्छ। मन्त्री पोखरेलले अझ चाँडो नतिजा आउने सम्भावना पनि रहेको बताए।







