प्रत्येक प्रदेशका सांसदहरूसँग छुट्टाछुट्टै ह्वाट्सएप समूह बनाउन प्रधानमन्त्री बालेनको निर्देशन
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रधानमन्त्री बालेन शाहले प्रत्येक प्रदेशका सांसदहरूसँग छुट्टाछुट्टै ह्वाट्सएप समूह बनाउन निर्देशन दिएका छन्। मधेस प्रदेशका सांसदहरूसँग बुधबारको भेटमा उनले यस्तो निर्देशन दिएका हुन्।
प्रधानमन्त्री शाहले भने कि अब बजेट वितरण पहुँचको आधारमा नहुने गरी सबै काम प्राथमिकता अनुसार हुनेछ। रास्वपा सांसद मनिष झाका अनुसार, प्रधानमन्त्रीले कर्मचारीतन्त्र र राजनीतिक दलको प्रभावका कारण नागरिक सेवामा समस्या देखिन थालेको बताउँदै तत्काल समाधान गर्न निर्देशन दिएका छन्।
उदाहरणस्वरूप, सुदूरपश्चिम प्रदेशका सांसदहरूले हिजो फ्लाइट कम भएको गुनासो गरेका थिए। प्रधानमन्त्रीसँगको छलफलपछि त्यहाँ आजै फ्लाइटको समय तालिका बढाइएको जानकारी आएको झाले बताए। प्रधानमन्त्रीको यो पहलले सांसदहरू र सरकारबीच द्रुत समन्वय बढाउने र नागरिक सेवामा सुधार ल्याउने अपेक्षा गरिएको छ।







