यहि चैत्र २२ गते सभामुख पदको लागि निर्वाचन हुने

User Image Prime TV News एक महिना अगाडि
Image of यहि चैत्र २२ गते सभामुख पदको लागि निर्वाचन हुने

काठमाडौ । संघीय संसद् सचिवालयको आह्वानमा प्रतिनिधि सभामा रहेका ६ दलबीच बुधबार बैठक बसेको छ।

सिंहदरबारमा भएको बैठकमा भोलिदेखि सुरु हुने संसद् अधिवेशन कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल गरिएको छ। साथै सभामुखको निर्वाचन र प्रतिनिधि सभाको नियमावली बनाउने विषयमा पनि कुराकानी भएको छ।

बैठकमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले संसद् सञ्चालनका मुख्य विषयमा दलहरूबीच सहमति भएको जानकारी दिए। यसैबीच रामचन्द्र पौडेलले भोलि दिउँसो २ बजे संसद् अधिवेशन आह्वान गरेका छन्।

सहमति अनुसार चैत १९ गते सभामुख पदका लागि उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने चैत २२ गते निर्वाचन गरिनेछ। दलहरूबीच सहमति भएपछि अब संसद् बैठक नियमित रूपमा सञ्चालन हुने तयारी गरिएको छ।