एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध चयन
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध चयन भएका छन्।
च्यासलस्थित पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकपछि नेता चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइएको थियो। सो प्रक्रियामा बादल र सुहाङ नेम्वाङ दुवैले उम्मेदवारीका लागि तयारी गरेका थिए।
निर्वाचन विभाग प्रमुख निरज आचार्यका अनुसार निर्धारित समयभित्र बादलले मात्र उम्मेदवारी दर्ता गराए। सुहाङले उम्मेदवारी फिर्ता गरेसंगै बादल निर्वाचित भएका हुन् । यससँगै प्रतिस्पर्धा बिना नै बादल संसदीय दलको नेता चयन भएका हुन्।
बैठकमा सुहाङले युवालाई नेतृत्वमा ल्याउनुपर्ने धारणा राख्दै आफू पनि नेतृत्वका लागि इच्छुक रहेको बताएका थिए। अब एमाले संसदीय दलको नेतृत्व बादलले सम्हाल्ने भएका छन्।







