माओवादी केन्द्रको केन्द्रीय समिति बैठक दोस्रो दिन पनि जारी


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको सातौं पूर्ण बैठक आज दोस्रो दिन पनि काठमाडौंको प्रज्ञा भवन, कमलादीमा जारी छ। बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक तथा संगठनात्मक प्रस्तावमाथि छलफल जारी रहेको छ।
अध्यक्ष प्रचण्डको प्रस्तावका साथै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले प्रस्तुत गरेका पूरक प्रस्तावहरूबारे पनि समितिका सदस्यहरूले धारणा राख्ने क्रम जारी छ।
बैठकमा विभिन्न टोलीगत छलफल पश्चात नेताहरूले आ–आफ्ना समूहको तर्फबाट टिप्पणी तथा सुझाव प्रस्तुत गरिरहेका छन्। पार्टीको आगामी रणनीति, सरकारमा सहभागिता, संगठनको सुदृढीकरण, र समसामयिक राजनीतिक परिदृश्यका सन्दर्भमा निर्णयहरू लिने बताइएको छ ।