विद्यार्थी संगठनले सरकारको कदमको विरोध गरे

User Image Prime TV News एक महिना अगाडि
Image of विद्यार्थी संगठनले सरकारको कदमको विरोध गरे

काठमाडौ । सरकारले शिक्षा क्षेत्रमा सुधारको नाममा विद्यार्थी संगठनहरूको गतिविधिमा रोक लगाउने तयारी गरेको भन्दै प्रमुख विद्यार्थी संगठनहरूले विरोध जनाएका छन्।

बुधबार नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल (क्रान्तिकारी) लगायत १३ भन्दा बढी संगठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारको निर्णयलाई अपरिपक्व र अलोकतान्त्रिक भनेका छन्। विद्यार्थी नेताहरूले बताएका छन् कि सरकारले चैत १३ गतेको मन्त्रिपरिषद बैठकमा स्वीकृत गरेको १०० कार्यसूचीमा विद्यार्थी संगठनलाई निषेध गर्ने वा गतिविधिमा कडा नियन्त्रण लगाउने प्रावधान समावेश गरिएको छ।

संगठनहरूले सरकारको कदमलाई विद्यार्थी आन्दोलनको योगदानको अपमान भएको र शिक्षा क्षेत्रमा देखिएका समस्याको जिम्मेवारी विद्यार्थीमाथि मात्र थोप्न खोजिएको आरोप लगाएका छन्। विद्यार्थी संगठनहरूले तत्काल उक्त निर्णय खारेज गर्न माग गर्दै भनेका छन् कि शिक्षा क्षेत्रमा सुधारका लागि सहयोग, संवाद र सहमतिका लागि तयार छन्, तर लोकतान्त्रिक मूल्यविपरीत कदम स्वीकार्य हुँदैन।