एमाले उपमहासचिव भट्टराईले गरे संसदीय दलको नेता चयनमा असन्तुष्टि

User Image Prime TV News एक महिना अगाडि
Image of एमाले उपमहासचिव भट्टराईले गरे संसदीय दलको नेता चयनमा असन्तुष्टि

काठमाडौ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले संसदीय दलको नेता चयनको तरिका र शैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। दलको नेतामा युवा नेता सुहाङ नेम्वाङले पनि दाबी गरेका थिए, तर अन्तिममा उपाध्यक्ष रामबहादुर थापा बादललाई निर्विकल्प नेता बनाइएको छ।

भट्टराईले भने, “निर्वाचनबाट पार्टीमा गम्भीर चिन्ता र जनगुनासो बढेको छ। अध्यक्ष स्वयं गिरफ्तारीमा परेका परिस्थितिमा हाम्रो आन्दोलनले चुनौतीको सामना गरिरहेको छ। यस्तो अवस्थामा संसदीय दलको नेता छान्ने तरिकाले पार्टीभित्र थप चिन्ता सिर्जना गरेको छ।”

उहाँले सांसदहरूलाई दबाबमा राखेर निर्णय गरिएको प्रक्रिया सही नभएको र छलफलमार्फत उच्च स्तरको समझदारीमा पुग्नु पर्ने बताए।