नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै

User Image Prime TV News एक महिना अगाडि
Image of नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज संसदीय दलको बैठक बोलाएको छ। बैठक बिहान साढे ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ।

सांसद मोहन आचार्यका अनुसार बैठकमा प्रतिनिधिसभाको पहिलो अधिवेशनमा पार्टीले कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुनेछ। उनले पहिलो बैठक भएकाले पार्टीको धारणा र रणनीति तय गरिने बताए।

आजै दिउँसो २ बजे प्रतिनिधिसभाको पहिलो बैठक बस्दैछ। बैठक सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा हुनेछ। कांग्रेसको बैठकमा अधिवेशन सुरु हुँदा पार्टीका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम पनि तय गरिएको छ।