नेपाली कांग्रेसको समूहको जिल्ला सभापति भेला स्थगित

User Image Prime TV News एक महिना अगाडि
Image of नेपाली कांग्रेसको समूहको जिल्ला सभापति भेला स्थगित

काठमाडौ । नेपाली कांग्रेसको संस्थापनइतर समूहले बिहीबारका लागि तय गरिएको जिल्ला सभापति भेला स्थगित गरेको छ। मंगलबार र बुधबार दुई दिन चलेको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको भेला पछि यो निर्णय गरिएको हो।

समूहका एक नेताले भने, “संसदको अधिवेशन पनि सुरु भएको छ। जिल्लाबाट आएका नेता कार्यकर्ताहरूको व्यवस्थापन कसरी गर्ने भन्ने विषय रह्यो। त्यसैले भेला स्थगित गरेका छौँ। नयाँ मिति छलफलपछि तय हुनेछ।”

पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको समूहको नेतृत्व पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का ले गरेका छन्। भेला नेता शेखर कोइराला समूहले मिलेर आयोजना गर्ने योजना थियो।

दुई दिन चलेको पूर्व केन्द्रीय सदस्यहरूको भेलाले समूहका नेताहरूलाई पार्टी एकताको पक्षमा उभिनुपर्ने र वर्तमान नेतृत्वसँग मिलेर काम गर्नुपर्ने सुझाव दिएको थियो।