प्रधानमन्त्री कार्यालयको निर्देशन–सरकारका विज्ञापन अब सरकारी मिडियामा मात्र
Prime TV News एक महिना अगाडि 
काठमाडौ । सरकारले आफ्ना विज्ञापनहरू अब सरकारी मिडियामा मात्र पठाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार जारी गरेको सूचनाअनुसार, यसरी विज्ञापन दिँदा कुनै तेस्रो पक्ष समावेश गरिने छैन।
सरकारी निकायले विज्ञापनको रकम अब सिधै सरकारी मिडियाको खातामा पठाउने प्रावधान बनाएको छ। सरकारका अनुसार, यस कदमले सरकारी खर्चमा मितव्ययिता कायम राख्न मद्दत पुर्याउनेछ। तर, मिडियाका जानकारहरूले यस निर्णयले निजी मिडिया र विज्ञापन एजेन्सीको कारोबारमा समस्या आउन सक्ने चेतावनी दिएका छन्।
उनका अनुसार, यसले धेरैको रोजगारीमा असर पर्न सक्ने सम्भावना छ।








