प्रतिनिधिसभाको पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने, पार्टीको तर्फबाट वर्षमान पुन बोल्ने
Prime TV News एक महिना अगाडि 
काठमाडौ । निर्वाचनपछि प्रतिनिधिसभाको आजको पहिलो बैठकमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन नगर्ने भएका छन्।
नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट नेता वर्षमान पुनले बैठकमा सम्बोधन गर्ने जानकारी केन्द्रीय कार्यालयका सचिव गोविन्द आचार्यले दिएका छन्। आचार्यका अनुसार आजको बैठकमा केवल शुभकामना व्यक्त गर्ने कार्यक्रम रहेको कारण प्रचण्डले बोल्ने आवश्यक नपरेको हो।
उनले भने, “पूर्वप्रधानमन्त्रीको हैसियतले उहाँले जुनसुकै बेला पनि बोल्न पाउने संसदीय अभ्यास छ। आजको बैठकमा शुभकामना मात्र दिने कार्यक्रम भएकाले पार्टीको तर्फबाट वर्षमान पुनले सम्बोधन गर्नुहुन्छ।”







