प्रतिनिधिसभा बैठकमा एमालेले ओली र लेखकको रिहाइ माग्यो

User Image Prime TV News एक महिना अगाडि
Image of प्रतिनिधिसभा बैठकमा एमालेले ओली र लेखकको रिहाइ माग्यो

काठमाडौ । प्रतिनिधिसभाको पहिलो बैठकमा नेकपा एमालेले आफ्ना अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउको विरोध गरेको छ।

बैठकको सुरुमै एमालेका नेता गुरु बरालले बोल्न समय मागे। उनीहरूले सांसद सडकमा उत्रिएको बेला लाठी प्रहार भएको भन्दै आपत्ति जनाए। सभाध्यक्ष अर्जुननरसिंह केसीले अनुरोध गर्दा पनि बरालले बस्न अस्वीकार गरेपछि दुई मिनेट बोल्न समय दिएका थिए।

बरालले भने, “नागरिकको मौलिक हक हनन् भएको छ, ओली र लेखकलाई आजै रिहा गरियोस्।”