व्यवसायी दीपक भट्ट पक्राउ
Prime TV News एक महिना अगाडि 
काठमाडौ । व्यवसायी दीपक भट्टलाई प्रहरीले पाटनबाट नियन्त्रणमा लिएको छ। उनीमाथि ठूला ठेक्का र खरिदमा चलखेल गर्ने आरोप लगाइएको छ।
अघिल्लो समयमा अध्यागमन विभागले भट्टलाई कालोसूचीमा राखेको थियो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनको राहदानी कालोसूचीमा राख्न अध्यागमनलाई पत्र पठाएको थियो। भट्टमाथि राजनीतिक पहुँचको आडमा राज्य निकायमा नियुक्ती र ठेक्का सेटिङ गर्ने आरोप पनि लगाइएको छ।







