कवाड व्यवसायीको आन्दोलन जारी

User Image Prime TV News एक महिना अगाडि
Image of कवाड व्यवसायीको आन्दोलन जारी

काठमाडौं । महानगरपालिकाले आफुहरुमाथि दमन र ज्यादती गरेको भन्दै कवाड व्यवसायीहरुले आन्दोलन जारी राखेका छन् । बुधबार पनि कवाड व्यवसायी संघर्ष समितिको नेतृत्वमा काठमाडौको बिभिन्न स्थानबाट र्याली सहितको प्रदशर्न गर्दै व्यवसायीहरुले महानगरको कार्यालय अगाडी धर्ना दिएका हुन् ।

कवाड व्यवसायी, संकलक र मजदुरमाथि काठमाडौं महानगरबाट कुटपिट, ज्यादती र संरचना भत्काउने जस्ता काम भएको भन्दै कवाड व्यवसायी संघर्ष समितिले निरन्तर आन्दोलन गरेका हुन् ।

उनीहरुले संविधानले दिएको पेशा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने माग गरेका छन् । विगत दुई वर्षमा काठमाडौं महानगर प्रहरीले कवाड व्यवसायीमाथि पुर्याएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने समेत उनीहरुको माग छ ।