रास्वपा नेतृत्वमा भएको निलो क्रान्ति अवैधानिकः रामबहादुर थापा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रतिनिधिसभाको पहिलो बैठकमा रास्वपा नेतृत्वमा भएको परिवर्तन अवैधानिक भएको भन्दै टिप्पणी गरेका छन्।
थापाले भने, “फागुन २१ गतेको निर्वाचनमार्फत निलो क्रान्तिलाई वैधानिकता प्राप्त भयो। फागुन १३ गते धार्मिक अनुष्ठानसहित रास्वपा नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ ग्रहण गराइयो। यो ऐतिहासिक विजयको लागि हामी रास्वपा र प्रधानमन्त्री शाहलाई बधाई दिन चाहन्छौँ।”
उनले विजयमा नेपाली सेना, बारबरा फाउन्डेसन लगायतको निर्णायक भूमिका रहेको बताए। बाह्य पक्षहरूले संविधान र शान्तिका नायकलाई हत्याराका रूपमा प्रस्तुत गर्ने प्रयास गरे पनि अन्ततः खल पात्रलाई महानायकले परास्त गरेको उनले बताए।







