सभामुख चयन प्रक्रिया सुरु, चैत २२ मा निर्वाचन हुने
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रतिनिधिसभामा सभामुख चयन प्रक्रिया सुरु गरिएको छ। बैठकमा अध्यक्षता गरिरहेका अर्जुननरसिंह केसीले संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेलाई आवश्यक सूचना प्रकाशित गर्न निर्देशन दिएका छन्।
दलहरूबीच भएको सहमति अनुसार चैत २२ गते सभामुख निर्वाचन हुनेछ। त्यसअघि शुक्रबार मनोनयन दर्ता गर्ने तय गरिएको छ। सोही सहमतिअनुसार सभामुख चयन प्रक्रिया अघि बढाइएको हो।







