राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २३ मा, समितिका सभापति चयन चैत २४ मा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचन चैत २३ गते हुने तय गरिएको छ।
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले नियमावली अनुसार उपाध्यक्ष चयनको मिति घोषणा गरेका हुन्। उनले संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेलाई निर्वाचन कार्यक्रमको सूचना प्रकाशित गर्न निर्देशन दिएका छन्।
त्यस्तै, राष्ट्रिय सभाका विषयगत समितिका रिक्त सभापतिहरूको निर्वाचन चैत २४ गते हुने जनाइएको छ। यसका लागि राष्ट्रिय सभा सचिव तुलबहादुर पाण्डेलाई पनि आवश्यक सूचना प्रकाशित गर्न भनिएको छ। राष्ट्रिय सभाको अर्को बैठक भने चैत २२ गते बस्नेछ।








