रास्वपाले डीपी अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले डीपी अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ।
बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले अर्यालको नाम अनुमोदन गरेको हो। बैठकमा सभापति रवि लामिछानेले अर्यालको प्रस्ताव राखेका थिए, जसलाई सर्वसम्मत रूपमा पारित गरिएको जानकारी प्रवक्ता मनिष झाले दिएका छन्।
सभामुखको निर्वाचन चैत २२ गते हुने तय भएको छ। संसदमा रास्वपाको बहुमत भएकाले अर्याल सभामुख बन्ने सम्भावना बलियो रहेको छ।







