माओवादी केन्द्रीय कमिटी बैठकको समूहगत धारणा सकियो, प्रचण्ड पक्षमा बहुमतको समर्थन
Prime TV News ११ महिना अगाडि 
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रस्तावमाथि समूहगत धारणा राख्ने क्रम सकिएको छ। अब बाँकी रहेका पदाधिकारीहरूले धारणा राखेपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जवाफ दिने र त्यसपछि बैठक टुंग्याउने तयारी भएको छ।
बैठकमा कोसी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, उपत्यका विशेष प्रदेश, सम्पर्क विशेष प्रदेश र प्रवास तथा आयोगबाट प्रतिनिधित्व गर्ने नेताहरूले समूहगत धारणा राखेका थिए। धारणा राख्ने नेताहरू अधिकांश अध्यक्ष प्रचण्ड निकटका मानिन्छन्।
धारणा राख्ने नेताहरूले अध्यक्ष प्रचण्डले बैठकमा पेश गरेको प्रस्तावलाई समर्थन जनाएका छन्। तर पार्टी नेतृत्व मात्र नभइ सबै रुपान्तरण हुनुपर्ने बताए । नेताहरु सहर केन्द्रीत र सुविधा भोगी बन्दा संगठन कम्जोर हुन पुगेको भन्दै नेताहरुले जनता संगको सम्बन्ध टाढीएको बताए ।
उनीहरूले मंसिर महिनामा विशेष महाधिवेशन बोलाउने, हालको केन्द्रीय कमिटी विघटन गर्ने र प्रचण्डकै नेतृत्वमा आयोजक समिति गठन गर्नुपर्ने धारणा राखेका छन्। अध्यक्षलाई नेतृत्व छाड्नुपर्ने भन्दै प्रस्ताव अघि सारेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माको धारणा केही नेताहरूले उठाए पनि त्यो समर्थन प्राप्त गर्न नसकेको जनाइएको छ।







