नेकपा र कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने, डीपी अर्याललाई समर्थन

User Image Prime TV News एक महिना अगाडि
Image of नेकपा र कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने, डीपी अर्याललाई समर्थन

काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीले आगामी सभामुख चुनावमा उम्मेदवारी नदिने निर्णय गर्दै रास्वपा उम्मेदवार डीपी अर्याललाई समर्थन गर्ने भएको छ । पार्टीका प्रमुख सचेतक युवराज दुलालले भने, “संसदमा दुई तिहाइ बहुमतसहितको रास्वपाले सभामुख पदमा उम्मेदवारी दिनु स्वाभाविक छ। त्यसमा हाम्रो समर्थन रहन्छ।”

डीपी अर्यालले सभामुख पदमा उम्मेदवारी दर्ता गराइसकेका छन्। नेपाली कम्युनिष्ट पार्टीले उपसभामुख पदमा दाबी गरेको छ र सहमति भए उम्मेदवारी दिने तयारीमा रहेको बताइएको छ। त्यस्तै, नेपाली कांग्रेसले पनि सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ।

कांग्रेसका महामन्त्री प्रदीप पौडेलका अनुसार, सत्तापक्षसँग पर्याप्त सांसद संख्या भएको र सभामुख साझा व्यक्ति भएकाले उम्मेदवारी नदिनु उपयुक्त ठहरिएको हो।