सभामुख भए न्याय सम्मत र पारदर्शी काम गर्ने प्रतिबद्ध छुः उपसभापति डीपी अर्याल
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद (डीपी) अर्यालले सभामुख पदमा निर्वाचित भए नेपालको संविधान, कानुन र जनताको हितमा न्यायसम्मत काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
शुक्रबार सिंहदरबारमा सभामुख पदका लागि उम्मेदवारी दर्ता गरेपछि अर्यालले सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘मैले जुन जिम्मेवारी पाउँदै छु, यो निर्णय अझ यसको काम बाँकी नै छ प्रक्रियामा छ । त्यसकारणले प्रक्रिया सकिएर मैले त्यो जिम्मेवारीमा पुगेँ भने नेपालको संविधान, नेपालको कानुन, नेपाली जनताको हितमा, यो राष्ट्र र राष्ट्रियताको हितमा व्यवस्थापकीय जुन हाम्रो व्यवस्थापिका छ, हामी कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको जुन विषय छ, त्यसमा व्यवस्थापिकाले गर्नुपर्ने काम न्यायसम्मत मैले गर्नेछु ।’
उनले आफ्नो उम्मेदवारी नेपाली जनताको हित र राष्ट्रियताको संरक्षणका लागि रहेको स्पष्ट पारे। रास्वपाले आफ्ना तर्फबाट उनलाई सभामुखको निर्वाचनमा अगाडि सारेको हो।







