इरानलाई ट्रम्पको ४८ घण्टे चेतावनी, हर्मुज जलमार्ग खोल्न दबाब
Prime TV News एक महिना अगाडि 
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई महत्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ खोल्न ४८ घण्टे चेतावनी दिएका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल मार्फत इरानलाई दिएको समय सकिन लागेको बताएका हुन्। उनले यसअघि १० दिनको समय दिएका थिए, तर अब अन्तिम ४८ घण्टा मात्र बाँकी रहेको बताएका छन्।
यसअघि मार्च २१ मा उनले इरानले जलमार्ग नखोलेमा त्यहाँको ठूलो ऊर्जा प्लान्टमा आक्रमण गर्ने चेतावनी दिएका थिए। पछि इरानसँग वार्ता भइरहेको भन्दै आक्रमण केही समयका लागि रोकेका थिए।
तर समयसीमा सकिन लागेपछि फेरि तनाव बढेको देखिएको छ। अमेरिकी समयअनुसार सोमबार बेलुका ८ बजेसम्मको समय दिइएको छ। यता, विज्ञहरूले ऊर्जा संरचनामा आक्रमण गर्नु गम्भीर अपराध हुन सक्ने बताएका छन्। यस्तो चेतावनीले अवस्था झन् बिग्रिन सक्ने जोखिम बढेको छ।







