आज काठमाडौँमा पानी र हुरीको सम्भावना

User Image Prime TV News एक महिना अगाडि
Image of आज काठमाडौँमा पानी र हुरीको सम्भावना

काठमाडौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौ उपत्यकामा पानी पर्ने र हुरी चल्ने सम्भावना रहेको छ।

मौसमविद्का अनुसार दिउँसो मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने बताएका छन्। उपत्यकाका केही ठाउँमा हुरी पनि चल्न सक्ने अनुमान गरिएको छ।

आज बिहान काठमाडौँको न्यूनतम तापक्रम १७.१ डिग्री सेल्सियस मापन गरिएको छ। यो प्रारम्भिक मापन भएकाले अन्तिम तापक्रममा केही फरक पर्न सक्ने जनाइएको छ।

मौसम खराब हुन सक्ने भएकाले बाहिर निस्कँदा सावधानी अपनाउन आग्रह गरिएको छ।