सभामुख डोलप्रसाद अर्यालको आजै शपथ ग्रहण

User Image Prime TV News एक महिना अगाडि
Image of सभामुख डोलप्रसाद अर्यालको आजै शपथ ग्रहण

काठमाडौ । प्रतिनिधिसभाका नयाँ सभामुख डोलप्रसाद अर्याल (डीपी) आज शपथ ग्रहण गर्ने भएका छन्।

राष्ट्रपति कार्यालयका अनुसार, आज दिउँसो २:३० बजे अर्यालले सभामुखको पदको शपथ लिने कार्यक्रम तय गरिएको छ। शपथ राष्ट्रपति रामचन्द्र पौडेलले खुवाउने छन्। अर्याललाई प्रतिनिधिसभा सभामुखमा निर्विरोध निर्वाचित गरिएको हो।

आजको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए।