सरकारी कार्यालयको समय बिहान ९ देखि साँझ ५ बजेसम्म निर्धारण, शनिबार–आइतबार बिदा

User Image Prime TV News एक महिना अगाडि
Image of सरकारी कार्यालयको समय बिहान ९ देखि साँझ ५ बजेसम्म निर्धारण, शनिबार–आइतबार बिदा

काठमाडौ । सरकारले सरकारी कार्यालयको कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गर्ने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शैक्षिक संस्थाबाहेक सबै सरकारी कार्यालयमा यो समय लागू हुने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्। त्यस्तै, सरकारले भोलि बाट लागू हुने गरी शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थामा बिदा दिने निर्णय पनि गरेको छ।

सरकारका अनुसार, यो निर्णय पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्याको समाधानको लागि लिइएको हो।