आइतबार नेप्से घट्यो, हिमालयन रिइन्स्योरेन्समा सबैभन्दा बढी कारोबार

User Image Prime TV News एक महिना अगाडि
Image of आइतबार नेप्से घट्यो, हिमालयन रिइन्स्योरेन्समा सबैभन्दा बढी कारोबार

काठमाडौ ।  साताको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक १०५.५ अंकले घटेर २६७६.६८ बिन्दुमा पुगेको छ। आज ३४५ कम्पनीको ३ करोड १२ लाख ६ हजार १६२ कित्ता सेयर खरिद बिक्री भएको छ, जसको कुल कारोबार रू. १२ अर्ब ३८ करोड पुगेको छ।

सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ, जसको कारोबार रकम ५८ करोड २८ लाख रुपैयाँ छ। आजको बजारमा रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले सबैभन्दा बढी नाफा कमाएका छन्। यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।

त्यस्तै, नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी घाटा भोगेका छन्। यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ।