डा. नारायणदत्त कँडेल महान्यायाधिवक्तामा सिफारिस, नियुक्ति प्रक्रिया अघि बढ्यो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । सरकारले महान्यायाधिवक्ता पदमा डा. नारायणदत्त कँडेललाई सिफारिस गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनको नाम राष्ट्रपति कार्यालयमा पठाउने निर्णय गरेको हो ।
राष्ट्रपति कार्यालयले सिफारिस प्राप्त भएको पुष्टि गर्दै नियुक्ति प्रक्रिया अघि बढाइएको जनाएको छ। अब संवैधानिक प्रक्रिया पूरा भएपछि कँडेल औपचारिक रूपमा महान्यायाधिवक्ता नियुक्त हुनेछन्।
महान्यायाधिवक्ता सरकारका प्रमुख कानुनी सल्लाहकार हुने पद हो। यस पदले सरकारका तर्फबाट अदालतमा प्रतिनिधित्व गर्ने र कानुनी विषयमा सुझाव दिने जिम्मेवारी वहन गर्छ। सरकारले कँडेललाई उक्त जिम्मेवारीका लागि योग्य ठहर गर्दै सिफारिस गरेको जनाएको छ।







