मुलुकको दीर्घकालीन समाधानका लागि सहकार्य र संवाद आवश्यकः पूर्वराष्ट्रपति भण्डारी


काठमाडौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको दीर्घकालीन समाधानका लागि राजनीतिक दलहरू, नागरिक समाज र नयाँ पुस्ताबीच सहकार्य र संवाद आवश्यक रहेको बताएकी छन्।
राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले मुलुकको अस्थिरताले आन्तरिक मात्र होइन, अन्तर्राष्ट्रिय रूपमा पनि चुनौती निम्त्याउने भन्दै चिन्ता व्यक्त गरिन्। उनले राजनीतिक दलहरूले जनताको भावना अनुसार नीति बनाउनु पर्ने र नेताहरूको व्यवहारमा सुधार आवश्यक रहेको उल्लेख गरिन्।
नयाँ पुस्ताको माग, मनोविज्ञान र अपेक्षालाई सम्बोधन गर्नुपर्नेमा जोड दिँदै उनले सबै नागरिकले आ(आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने बताइन्। शान्ति, स्थायित्व र राष्ट्रिय एकता कायम गर्दै मुलुकलाई युगअनुकूल अगाडि बढाउन साझा प्रयासको आवश्यकता रहेको उनले औंल्याइन्।