सभामुख अर्यालको प्रतिबद्धता: निष्पक्ष भएर काम गर्नेछु
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले आफू निष्पक्ष र तटस्थ भएर काम गर्ने बताएका छन्।
शपथ ग्रहणपछि पदभार सम्हाल्दै उनले सभामुख पदको जिम्मेवारी राम्रोसँग बुझेको बताए। उनले अहिलेको संसदमा जनतालाई नै बलियो प्रतिपक्षका रूपमा हेर्ने बताए। अर्यालले भने, “प्रतिपक्षको आवाजलाई सम्मान गर्दै सदन सञ्चालन गर्नेछु।”
उनले समाजमा सकारात्मक सोच आवश्यक रहेको भन्दै मिडियालाई सकारात्मक समाचार लेख्न आग्रह पनि गरेका छन् । सभामुख अर्यालले संसदको मुख्य काम कानुन बनाउनु भएको उल्लेख गर्दै सरकारलाई आवश्यक सहयोग गर्ने बताए।
उनले विगतका गल्ती दोहोरिन नदिने र समन्वय गरेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।







