एमालेका महिला सांसदहरू साइबर ब्युरो पुगे, साइबर बुलिङको विरोध

User Image Prime TV News एक महिना अगाडि
Image of एमालेका महिला सांसदहरू साइबर ब्युरो पुगे, साइबर बुलिङको विरोध

काठमाडौ । नेकपा एमालेका महिला सांसदहरूले पार्टीका समर्थक र कार्यकर्तामाथि बढ्दो साइबर बुलिङको विरोध गर्दै आइतबार साइबर ब्युरोमा निवेदन दिएका छन्। सांसद पद्मा अर्यालको नेतृत्वमा पुगेका महिला सांसदहरूले साइबर बुलिङका घटनामा कडा कारबाहीको माग गरेका हुन्।

सांसद अर्यालले भनिन्, "हाम्रो पार्टीका समर्थकहरूलाई निरन्तर साइबर बुलिङको सामना गर्नुपरेको छ। सामाजिक सञ्जालमा गालीगलौच र अपशब्द प्रयोग भएका छन्। तर, सम्बन्धित निकायले यसबारे कुनै कदम चाल्न चाहेको देखिँदैन, त्यसैले हामीले यसमा ध्यानाकर्षण गराएका हौं।"

सांसद अर्यालले साइबर बुलिङमा परेका महिलासँग आइतबार छलफल गरेको जानकारी दिइन्। उनीहरूले साइबर बुलिङको घटनामा कडा कारबाहीको माग गर्दै सरकारसँग शीघ्र कदम चाल्न आग्रह गरेका छन्।