डीएभी स्पोर्ट्स गाला सम्पन्न

User Image Prime TV News एक बर्ष अगाडि
Image of डीएभी स्पोर्ट्स गाला सम्पन्न

काठमाडौ । जावलाखेल, ललितपुरस्थित डिएभी सुसिल केडिया विश्व भारती स्कुलद्वारा आयोजित पहिलो संस्करणको “लेट सुसिल केडिया मेमोरियल स्पोर्ट्स गाला २०२५” बुधबार सम्पन्न भएको छ।

स्पोर्ट्स गालामा कुल ९१ विद्यालयको सहभागिता रहेको थियो जसले बिभिन्न ६ वटा खेलका टिम र व्यक्तिगत विधामा प्रतिस्पर्धा गरेका थिए। साउन २४ गतेदेखि सुरु भई भदौ ११ गतेसम्म २० दिन सम्म संचालन भएको स्पोर्ट्स गाला डीएभी स्कुलले आयोजना गरेको अहिलेसम्मकै ठूलो प्रतियोगिता हो ।

प्रतियोगिताको अन्तिम दिन सम्पन्न क्रिकेटतर्फको फाइनलमा नेपाल पुलिस स्कुलले एलआरआई स्कुललाई पराजित गर्दै उपाधि आफ्नो पक्षमा पार्यो। जितको लागि ७२ रनको लक्ष्य पाएको एलआरआईले कमजोर ब्याटिंग गर्दै ४.३ ओभरमा २३ रनमै सबै विकेट गुमायो। नेपाल पुलिस स्कुलका आर्यन शाहले ४ विकेट लिंदै जितमा अहम योगदान दिए । यस अघि ब्याटिंगमा समेत आर्यनले ३१ रन बनाएका थिए।

क्रिकेट प्रतियोगितातर्फ एलआरआई स्कुलका अभि थपलिया प्रतियोगिताकै उत्कृस्ट खेलाडी घोषित भए। यस्तै उत्कृस्ट ब्याटर डीएभी स्कुलका आरुष झा, उत्कृस्ट बलर विजेता पुलिस स्कुलका आर्यन शाह, उत्कृस्ट विकेकिपर जेम्स स्कुलका दिक्षान्त मिश्रा तथा उदयमान खेलाडी रेडीयन्ट रिडर्स स्कुलका सनातन नेपाल घोषित भए । 

प्रतियोगिताको गत साता सम्पन्न भएको फुटबलतर्फ १८ टोली सहभागी हुँदा कान्जिरोवा माध्यमिक विद्यालयले उपाधि जित्यो। दोस्रो स्थानमा मोर्डन इन्डियन स्कूल रह्यो भने डिएभी तेस्रो स्थानमा रह्यो। व्यक्तिगत पुरस्कारमा डिएभीका आर्यन झा उत्कृष्ट गोलकिपर, मोर्डन इन्डियन स्कुलका दिपाङ्कर भुषाल सर्वाधिक गोलकर्ता, कान्जिरोवाका तुषार गिरी उदाउँदो खेलाडी र म्यान अफ द फाइनल तथा एनके मेमोरियल इङ्गलिस प्रिपरेटरी स्कूलले फेयर प्ले टिम पुरस्कार जिते।