शनिबार देशका पहाडी भेगमा बदली र वर्षाको सम्भावना
Prime TV News ११ महिना अगाडि 
काठमाडाै । शनिबार देशका विभिन्न स्थानमा बदली हुने र केही ठाउँमा वर्षा पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले शनिबार बिहान सार्वजनिक गरेको मौसम बुलेटिनअनुसार, दिउँसो देशका पहाडी भूभागहरूमा सामान्य बदली रहनेछ भने तराई लगायतका अन्य स्थानमा आंशिक बदलीको अवस्था रहनेछ।
विशेष गरी कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा र अन्य क्षेत्रका थोरै स्थानमा मध्यम खालको वर्षा हुने सम्भावना रहेको छ।
रातिको समयमा कोसी प्रदेशसहित अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतः सफा रहने महाशाखाले जनाएको छ। यस्तै, राति पनि पहाडी भू–भागका थोरै स्थानमा वर्षा हुन सक्ने अनुमान गरिएको छ।
महाशाखाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ, विशेष गरी पहाडी बाटोहरू प्रयोग गर्ने यात्रु तथा कृषकहरूलाई सम्भावित वर्षाको असरबाट सतर्क रहन अनुरोध गरिएको छ ।







