आगामी निर्वाचनको तयारीका लागि मतदाता नामावली संकलन कार्यमा जुट्न एमालेको निर्देशन
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेश सभा निर्वाचनको तयारीका लागि मतदाता नामावली संकलन र अद्यावधिक कार्यमा जुट्न मातहतका समितिहरूलाई निर्देशन दिएको छ।
पार्टीले निर्वाचन आयोगको निर्देशन अनुसार चैत २२ गतेदेखि पुनः सुरु भएको मतदाता नामावली संकलन कार्यमा सक्रिय भाग लिन भनेको हो। नेकपा एमालेको पत्रअनुसार, सबै पालिका र वडा कमिटीहरूले यस कार्यमा ध्यान दिनुपर्ने र निर्वाचन कार्यालयको मार्गदर्शन अनुसार काम गर्नुपर्नेछ।







