संयुक्त राष्ट्रसंघमा पाकिस्तानका प्रधानमन्त्रीको अभिव्यक्ति: "भारत–पाकिस्तान युद्ध ट्रम्पले रोकिदिए"


काठमाडाै । संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले भारत र पाकिस्तानबीचको सम्भावित युद्ध रोक्न तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महत्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन्।
उनले भने, “यदि अमेरिकी राष्ट्रपति ट्रम्पले पाकिस्तान र भारतबीचको तनावमा हस्तक्षेप नगरेका भए, युद्धको परिणाम विनाशकारी हुने थियो।” सरिफले ट्रम्पको प्रयासको प्रशंसा गर्दै उनलाई नोबेल शान्ति पुरस्कारको हकदारसमेत ठहर गरेका छन्।
तर भारतले भने पाकिस्तानसँगको द्वन्द्व समाधानका लागि कुनै तेस्रो पक्षको भूमिका आवश्यक नरहेको स्पष्ट पार्दै आएको छ। भारतको भनाइ छ कि भारत–पाकिस्तानबीचका विषयहरू दुई पक्षीय संवादमार्फत समाधान हुनुपर्छ।
प्रधानमन्त्री सरिफले सम्बोधनको क्रममा पाकिस्तानले आफ्ना सीमाको रक्षा गर्न पूर्ण रूपमा सक्षम रहेको पनि बताए। उनले भने, “हामीले भारतसँग युद्ध जितेका छौँ। अब हामी शान्ति चाहन्छौँ। पाकिस्तान भारतसँगका बाँकी विषयहरूमा व्यापक र प्रभावकारी संवाद गर्न तयार छ।”
उनले पाकिस्तानको विदेश नीति पारस्परिक सम्मान, सहयोग र विवादहरूको शान्तिपूर्ण समाधानमा आधारित रहेको बताए।