अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी: सम्झौता नभए इरान ध्वस्त पार्ने तयारी

User Image Prime TV News एक महिना अगाडि
Image of अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी: सम्झौता नभए इरान ध्वस्त पार्ने तयारी

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्काल सम्झौता नभए सम्पूर्ण देश ध्वस्त पार्न सक्ने चेतावनी दिएका छन्।

सीएनएनका अनुसार, ट्रम्पले पत्रकार सम्मेलनमा यस्तो अभिव्यक्ति दिँदै इरानमाथि सैन्य कारबाहीको सम्भावना पुनः जोडेका छन्। उनले इरानका पुल, पूर्वाधार र ऊर्जा संरचना समेत निशाना बनाउन सकिने बताए।

ट्रम्पले भने, ‘भोलिसम्म सम्झौता नभए परिणाम अत्यन्त गम्भीर हुनेछ’, र समयसीमा समेत तोकेका छन्। अहिलेसम्म इरानले ट्रम्पको चेतावनीमा कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्।