संयुक्त राष्ट्रसंघको महासभामा नेतन्याहुको भाषण बहिष्कार, धेरै प्रतिनिधिहरू हलबाट बाहिरिए

User Image Prime TV News १ हप्ता अगाडि
Image of संयुक्त राष्ट्रसंघको महासभामा नेतन्याहुको भाषण बहिष्कार, धेरै प्रतिनिधिहरू हलबाट बाहिरिए

काठमाडाै । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संयुक्त राष्ट्रसंघको महासभामा शुक्रबार दिएको सम्बोधनको क्रममा धेरै देशका प्रतिनिधिहरूले विरोधस्वरूप बहिष्कार गरेका छन्। नेतन्याहु मञ्चतर्फ अघि बढ्दै गर्दा उनीहरू हलबाट बाहिरिएको दृश्य देखिएको बीबीसीले जनाएको छ।

बहिष्कारका कारण महासभा हलका धेरै कुर्सीहरू खाली रहेका थिए। यद्यपि सभाको माथिल्लो बाल्कोनीमा रहेका केही सहभागीहरूले नेतन्याहुको भाषणको ताली बजाएर स्वागत गरेका थिए।

यस घटनाक्रम केही दिनअघि फ्रान्स र स्पेनले प्यालेस्टाइनलाई आधिकारिक रूपमा स्वतन्त्र राष्ट्रको मान्यता दिएको सन्दर्भमा आएको हो। अन्तर्राष्ट्रिय समुदायमा इजरायलको गाजामा गरिएको आक्रमणप्रति बढ्दो आलोचना भइरहेका बेला नेतन्याहुको यो सम्बोधन विशेष महत्वको रूपमा हेरिएको छ।

संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको प्रतिवेदनमा गाजामा इजरायललेप्यालेस्टिनी जनतामाथि नरसंहारगरेको निष्कर्ष निकालेको थियो। तर नेतन्याहुले आफ्नो भाषणमा प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिनुलाईपागलपनलज्जास्पदभन्दै कडा प्रतिक्रिया जनाए।